Logo
Logo

भूमि राज्यको नियन्त्रणमा हुनुपर्छ : मेटमणि चौधरी


सूर्य बिसी

441
Shares

दाङ । नेकपा एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य एवं दाङ क्षेत्र नं १ का सांसद मेटमणि चौधरीले भूमि राज्यको नियन्त्रणमा हुनुपर्ने धारणा राखेका छन् ।

एकीकृत समाजवादी दाङद्वारा शुक्रबार आयोजित दशौँ राष्ट्रिय महाधिवेशन केन्द्रित विशेष बैठकलाई सम्बोधन गर्ने क्रममा सांसद चौधरीले उक्त धारणा राखेका हुन् ।

‘दशौँ महाधिवेशनको मुख्य कार्यभार कम्युनिष्ट पार्टी बलियो बनाउने र समाजवादी कार्यक्रम निर्माण गर्ने हो । समाजवादी कार्यक्रम र समाजवादी व्यवस्था निर्माण गर्ने हो भने भूमि राज्यको नियन्त्रणमा रहनुपर्छ’ नेता चौधरीको भनाइ थियो ।
दशौँ महाधिवेशनका सन्दर्भमा नेतृत्वका लागि दावी आउनु स्वाभाविक रहेको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्