Logo
Logo

शहीद रीतबहादुर खड्का गतिशील क्रान्तिकारी नेता : प्रधानमन्त्री


756
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रीतबहादुर खड्का क्रान्तिकारीहरूको प्रेरणाको स्रोत भएको बताएका छन् ।

शहीद रीतबहादुर खड्काको स्मृति दिवसका अवसरमा आज नेकपा (माओवादी केन्द्र) पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डले खड्का क्रान्तिकारी र गतिशील नेता भएको र उनले छोटो समयमा राम्रो प्रगति गरेको बताए ।

‘रीतबहादुर खड्का क्रान्तिकारी र गतिशील नेता हुनुहुन्थ्यो, उहाँले छोटो समयमा राम्रो प्रगति गर्नुभएको थियो,’ उनले भने, ‘उहाँ सम्भावनायुक्त नेता हुनुहुन्थ्यो, हरेक जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नुहुन्थ्यो । उहाँको शहादतबाटअपूरणीय क्षति भयो ।‘

शहीद खड्काको जीवनबाट निष्ठा र प्रेरणा लिनुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले उनलाई देश र पार्टीले सधैँ स्मरण गरिरहने बताए ।

प्रतिक्रिया दिनुहोस्