
काठमाडौं । सहकारी ठगीका सम्बन्धमा अनुसन्धान गर्न गठित संसदीय छानबिन विशेष समितिको तेस्रो बैठक आज (आइतबार) बस्दैछ । बैठक सिंहदरबारस्थित समितिको कार्यलयमा दिउँसो २ बजे बस्ने भएको हो ।
बैठकमा अनुसन्धानका क्रममा जाने टोली, भेट गर्ने व्यक्ति र आवश्यक कागजात कहिलेसम्म संकलन गर्र्ने लगायतका विषयमा निर्णय हुने समिति सदस्य ईश्वरीदेवी न्यौपानेले जानकारी दिए । यो बैठकले ठोस निर्णय गरेपछि विस्तृत रूपमा अगाडि बढ्ने समितिको तयारी छ ।














