
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रशासनमा प्रशासकीय प्रमुखहरू परिवर्तन भइरहने पद्धतिको अन्त्य गर्न आवशयक रहेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले एक महिनामा चारपटकसम्म प्रशासकीय प्रमुखहरू परिवर्तन हुने पद्धतिको अन्त्य हुनपर्ने बताएका हुन् । उनले भने, ‘प्रशासनमा प्रशासकीय प्रमुखहरू एक महिनामा चारपटकसम्म परिवर्तन हुने पद्धती छ । यसलाई हामीले कसरी नियन्त्रण गर्न सक्छौं भन्नबारे सोच्न आवश्यक छ ।’
सासद खतिवडाले विगतकै पद्धतिको निरन्तरता हुने हुने हो भने संघीयता र अहिले बनाएका कानुनको अर्थ नहुने बताए । उनले भने, ‘सामान्य प्रशासन र संघीय मामिला मन्त्रालयले स्थानीय तहमा जनतालाई पुग्ने खालका अधिकारहरू स्थापित गरिनुपर्छ ।’














