
काठमाडौं । प्रतिनिधिभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ । गैरसरकारी संस्था (एनजीओ)का कर्मचारी खाजासहित उपस्थित भएपछि बैठक स्थगित गरिएको हो ।
समिति सदस्य हृदयराम थानीका अनुसार आज बिहान ८ बजे निजामति सेवा विधयेकका विषयमा छलफल गर्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाइ बाेलाइएकाे थियाे । तर, बैठकमा मंहगो मूल्यका खाजा अर्डर गरिएको थाहा पाएपछि मन्त्री लामिछाने छलफलमा सहभागी नभई हिँडेका थिए ।
एनजीओको खाजा खाएर कानुन बनाउने छलफलमा नरहने भन्दै गृहमन्त्री लामिछाने बाहिरिएपछि केहीबेर समिति सदस्यहरू आन्तरिक छलफलमा रहे । तर बैठक औपचारिकतामा प्रवेश नै गर्न सकेन ।
‘एनजीओको खाजा खाएर विधेयकमाथि छलफल गर्ने कुरा राम्रो हुँदैन, यसले राम्रो सन्देश जाँदैन । साथै गृहमन्त्रीसमेत नरहेको अवस्थामा समितिको बैठक बस्न नहुने कुरा राखियो । त्यसपछि बैठक स्थगित भयो’ सांसद थानीले भने ।














