Logo
Logo

भोलि ब्राजिल जाँदै मेयर बालेन


2.7k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह ब्राजिल जाने भएका छन् । ‘मेट्रो पुलिस अथोरिटि अफ जेनियस कन्ट्री’ले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन उनी सोमबार बिहान त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् ।

मेयर शाह सोमबार बिहान सवा २ बजे कतार एयरलाइन्सको विमानबाट त्यसतर्फ जान लागेको उनको सचिवालयले जनाएको छ । यसअघि नै ‘मेट्रो पुलिस अथोरिटि अफ जेनियस कन्ट्री’मा काठमाडौँ मनोनीत (नोमिनेशन) भएको थियो ।

सोही कार्यक्रममा सहभागी हुन मेयर शाह त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । मेयर शाह आगामी जेठ ८ गते स्वदेश फर्कनेछन् ।

प्रतिक्रिया दिनुहोस्