Logo
Logo

नक्कली लाइसेन्स प्रकरणमा उपसचिवसहित ५ जना पक्राउ


1.6k
Shares

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उपसचिवसहित ५ जनालाई पक्राउ गरेको छ ।

नक्कली लाइसेन्स विवरणबारे छानबिन गरिरहेको सीआईबीले वन मन्त्रालयका उपसचिव केशव अर्याल, यातायात व्यवस्था कार्यालय, नवलपरासीका पदमराज आचार्य र लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयका शाखा अधिकृत सुवास पौडेललाई पक्राउ गरेको छ ।

त्यस्तै, जनकपुरका दिलिपकुमार शाह र चितवनका राजेश लम्साल पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्