Logo
Logo

कोपा अमेरिका: कोस्टारिकालाई हराउँदै कोलम्बिया नकटाउट चरणमा


252
Shares

काठमाडौँ । कोस्टारिकामाथि सहज जित निकाल्दै कोलम्बिया कोपा अमेरिकाको नकआउट चरणमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा टोली ३–० गोलले विजयी बनेको हो ।

पहिलो हाफको ३१ औँ मिनेटमा लिभरपुलका लुइस डियाजले पेनाल्टीबाट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ५९ औँ मिनेटमा डेभिनसन सान्चेजले टोलीको कोलम्बियाको अग्रता दोब्बर बनाए । ३ मिनेटपछि जोन कोरडोबाले अर्को गोल थप्दै टोलीको जित सुनिश्चित गरे ।

समूह डीमा रहेको टोलीको लगातार दोस्रो जित हो । टोली ६ अङ्कसहित शीर्ष स्थानमा छ । अन्तिम खेलमा ब्राजिललाई हराए वा बराबरीमा रोके टोली समूह विजेता पनि बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्