काठमाडौं । दक्षिण कोरियाको भिसा लिने समय मिलाई दिने भन्दै ठगी गरेको आरोपमा आठ जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनलाइनमार्फत भिसा पाउने मिति रोज्न पाउने सुविधामा एजेन्टहरूले पहिले नै समय लिएर उक्त समय बेच्ने गरेको आरोपमा आठ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भोजपुरको पौनादम्बा गाउँपालिका–५ घर भएका २१ वर्षीय दीपेन्द्र राई, नवलपुरको देवचुली नगरपालिका–१२ का २४ वर्षीय पवन काफ्ले, नवलपुरकै कावासोती नगरपालिका–८ का २१ वर्षीय संघर्ष ढकाल, काठमाडौं कलंकीका ३३ वर्षीय नवीन पौडेल, पोखरा महानगरपालिका–९ का समेश शेरचन र गोरखाको चुमनुब्री गाउँपालिका–७ का २१ वर्षीय छिरिङ निमा लामा छन् ।
पक्राउ परेका आठ मध्ये दुई जनाको नाम सार्वजनिक गरिएको छैन ।














