Logo
Logo

सञ्चालनमा आयो नबिल बर्न केयर वार्ड


0
Shares

काठमाडौं । धुलिखेल अस्पतालपरिसरमा स्थापना गरेको १० शड्ढयाको नबिल बर्न केयर वार्ड सञ्चालनमा आएको । उक्त बर्न केयर वार्डको बैंक सञ्चालक समितिका अध्यक्ष निर्वाणकुमार चौधरी र धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा. रामकण्ठ माकजुले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । 

नेपालमा विशिष्टीकृत जलन उपचार तथा पुनस्र्थापना सेवाको पहुँच विस्तार गर्दै यसको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले उक्त वार्ड स्थापना गरिएको बताइएको छ ।

‘नबिल केयरअन्तर्गत सहयोगप्राप्त यस वार्डले जलनका बिरामीलाई गुणस्तरीय, विशेषज्ञतायुक्त तथा बिरामीकेन्द्रित उपचार सेवा प्रदान गर्न धुलिखेल अस्पतालको क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । यस पहलमार्फत यसअघि सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र मधेश प्रदेशमा सञ्चालन गरिएका निःशुल्क जलन शल्यक्रिया शिविरमार्फत नबिल केयरले गर्दै आएको सहयोगलाई थप विस्तार गरेको बैंकले जनाएको छ ।

जलनका घटनाबाट प्रभावितलाई तत्काल उपचारका साथै विशिष्टीकृत चिकित्सा सेवा, शल्यक्रिया, दीर्घकालीन पुनस्र्थापना र मनोसामाजिक सहयोगको आवश्यकता पर्छ । नबिल बर्न केयर वार्डको स्थापनाले यस्ता सेवामा बिरामीको पहुँच सहज बनाउनुका साथै नेपालमा विशिष्टीकृत जलन उपचार सेवाको दीर्घकालीन विकासमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

अध्यक्ष चौधरीले समाजका महŒवपूर्ण आवश्यकता सम्बोधन गर्न निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे । ‘जलनका बिरामीले लामो र चुनौतीपूर्ण स्वास्थ्यलाभको यात्रा तय गर्नुपर्ने हुन्छ । यस सहकार्यमार्फत हामी नेपाली समाजलाई दीर्घकालसम्म लाभ पु¥याउने स्वास्थ्य पूर्वाधारको विकासमा योगदान गरिरहेका छौँ,’ उनले भने ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले जलनसम्बन्धी विशिष्टीकृत स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच विस्तार गर्न सहकार्य आवश्यक रहेको बताए । धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा. श्रेष्ठले नबिल बैंकको सहयोगप्रति आभार व्यक्त गर्दै यस सहकार्यले नेपालमा विशिष्टीकृत जलन उपचार सेवाको विकासमा महŒवपूर्ण योगदान पु¥याउने उल्लेख गरे ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000