Logo
Logo

सुकुम्बासीलाई २ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको उर्दी


0
Shares

काठमाडौं । सरकारले भक्तपुरको होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीलाई दुई दिनभित्र हट्न उर्दी जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले एक सूचना जारी गर्दै बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा रहेको होल्डिङ सेन्टर मंसिर ११ गते दिउँसो २ बजे भित्र खाली गर्न उर्दी जारी गरेको हो ।

प्रशासनले सूचनामा भूमि समस्या समाधान समितिको आजकै पत्रको हवाला दिँदै होल्डिङ सेन्टर खाली गर्न भनेको छ । काठमाडौं उपत्यकाका नदी किनारका बस्ती हटाइएपछि विस्थापित सुकुमबासी परिवारलाई अस्थायी रूपमा यहाँ व्यवस्थापन गरिएको थियो।

सूचनाअनुसार भूमि व्यवस्थापन तथा अभिलेख विभाग र स्थानीय पालिकाबाट प्राप्त विवरणमा घरमूली वा निजका परिवारका सदस्यहरूको नाममा जग्गा रहेको देखिएका ७ परिवार भूमिहीन नठहरिने भएका छन् ।

त्यस्तै, जग्गा नदेखिएका १२ परिवारका हकमा सम्बन्धित पालिकामा जग्गा उपलब्ध गराउने प्रयोजनका लागि कारबाही अगाडि बढी निस्सा समेत प्राप्त भइसकेको जारी सूचनामा उल्लेख छ । प्रशासनले जग्गा नदेखिएका परिवारहरूलाई आ–आफ्नो निस्सा लिन र सरकारले घरभाडा स्वरूप तोकिदिएको सुविधा बुझ्न भनेको छ । उक्त केन्द्रमा हाल ५९ जना बसोबास गरिरहेका छन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000