Logo
Logo

युरो कप फाइनलमा हारेपछि इंग्ल्यान्डका प्रशिक्षक साउथगेटले दिए राजीनामा


189
Shares

काठमाडौं । इंग्ल्यान्ड फुटबल टिमका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले राजीनामा दिएका छन् ।

युरो कप फुटबलको फाइनलमा स्पेनसँग हारेपछि प्रशिक्षक साउथगेटले आज राजीनामा दिएका बीबीसीले जनाएको छ । आइतबार राति भएको युरो कप फाइनलमा इङ्गल्यान्ड स्पेनसँग २–१ गोलले पराजित भएको थियो ।

सन् २०१६ मा इंग्ल्यान्ड फुटबल टिमको प्रशिक्षक बनेका साउथगेटले ८ वर्षपछि राजीनामा दिएका हुन् । उनको नेतृत्वमा इंग्ल्यान्ड सन् २०२१ र २०२४ गरी २ पटक युरो कप फुटबलको फाइनलमा, सन् २०१८ को फिफा विश्वकपको सेमिफाइनलमा र सन् २०२२ को फिफा विश्वकपको क्वार्टरफाइनलमा पुगेको थियो ।

ग्यारेट साउथगेटको प्रशिक्षणमा इंग्ल्यान्डले १ सय २ खेलमा ६१ पटक विजयी भएको छ । यस्तै २४ खेल बराबरीमा सकिँदा १७ खेलमा इङ्गल्यान्ड पराजित भएको छ । राजीनामा दिँदै उनले साथ र सहयोगका लागि समर्थकलाई धन्यवाद दिएका छन् ।
अन्तिम अपडेटस् साउन १, २०८१

प्रतिक्रिया दिनुहोस्