Logo
Logo

सशस्त्र प्रहरीद्वारा कीर्तिपुरमा बाढीमा फसेका १५ जनाको उद्धार


2.1k
Shares

काठमाडौं । सशस्त्र प्रहरीले कीर्तिपुर नगरपालिका– १० स्थित सुन्दरीघाटमा रहेको राधा स्वामी एरियामा फसेका १५ जनाको उद्धार गरेको छ ।

गएरातिदेखि परेको अविरल वर्षापछि आएको बाढीमा फसेका १५ जनाको सशस्त्र प्रहरी बल नेपाल नं १८ निलबाराही गणबाट खटिएको टोलीले सकुशल उद्दार गरेको हो ।

अबिरल बर्षाका कारण बाढीमा फसेको खबर पाएपछी बिहान ५ बजे नै सो गणबाट टोली परिचालन गरिएको थियो । उनिहरुलाई लाइफ लाइन ट्युब तथा डोरीको सहायताले उद्दार गरि सुरक्षित स्थलमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्