Logo
Logo

के छ शीर्ष नेतालाई बुझाएको टीआरसी प्रतिवेदनमा ? (पूर्णपाठ)


3k
Shares

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी कार्यदलले तयार पारेको प्रतिवेदन प्रधानमन्त्रीसहित शीर्ष नेताहरूलाई बुझाएको छ ।

कार्यदलले सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको हो ।

कार्यदलमा कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा सदस्य थिए ।

दलहरुबीच पीडकमाथि २५ प्रतिशतमात्र सजायको मागदाबी लिएर जान पाउने, क्षमादानका लागि पीडितको सहमति अनिवार्य गरिने, द्वन्द्वमा घाइते सुरक्षाकर्मी, अंगभंग भएका परिवारलाई पनि परिपूरण दिनेबारे सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्