Logo
Logo

बंगलादेशको राजनीतिक घटनाक्रमलाई नियालिरहेका छौँ : नेपाल


1.4k
Shares

काठमाडौं । नेपाल सरकारले बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले बङ्गलादेशमा पछिल्ला केही सातादेखिको प्रदर्शनका क्रममा भएको जनधन र सम्पत्तिको क्षतिप्रति चिन्ता व्यक्त गरेको हो ।

‘बंगलादेशमा विगत केही हप्तादेखि जारी विरोध प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति हामी अत्यन्त चिन्तित छौँ । हामी ज्यान गुमाउनेका परिवारजनप्रति हार्दिक समवेदना र समवेदना प्रकट गर्दछौँ र घाइते सबैको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले ज्यान गुमाउने व्यक्तिका परिवारजनमा सहानुभूति प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बंगलादेश सबै तनावबाट शान्त र संयमका साथ लोकतान्त्रिक प्रक्रियामा फर्किने पनि विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले बंगलादेशी नागरिक सहज रुपमा शान्ति र स्थिरतातर्फ अग्रसरका लागि सक्षम हुने विश्वाससमेत व्यक्त गरेको छ । आरक्षण विरुद्धको विद्यार्थी आन्दोलनले हिंसात्मक रुप लिँदै गएपछि सोमबार प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर शेख हसिना देश छाड्न बाध्य भए । उनी हाल भारको शरणमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्