
काठमाडौं । कैलालीका नौवटा स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् ।
आज नागपञ्चमी र थारु समुदायले मनाउने गुरही (गुरिया) पर्वका अवसरमा धनगढी उपमहानगरपालिका, भजनी, टीकापुर, गोदावरी, गौरीगंगा, घोडाघोडी नगरपालिका, जानकी, कैलारी र बर्दगोरिया गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।
भजनी नगरपालिकाका प्रमुख केवल चौधरीले हिन्दुले मनाउने नागपञ्चमी, थारु समुदायको गुरिया, कठरिया थारुको पचइया र विश्व आदिवासी दिवस परेकाले आज बिदा दिएको बताए ।














