Logo
Logo

माओवादीको स्थायी समिति बैठक बस्दै, यी हुन एजेण्डा


1.4k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, विगतको समीक्षा र पार्टीको आगामी कार्ययोजनाबारे छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले दिए ।

बैठकमा जनपरिचालन, सङ्गठन निर्माण र विस्तारका बारेमा पनि छलफल हुने उनले बताए । त्यसअघि आजै बिहान ११ः०० बजे माओवादी केन्द्रको कार्यालय बैठक बस्नेछ । उक्त बैठकले स्थायी समितिका बैठकका ‘एजेण्डा’ तय गर्ने सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्