Logo
Logo

आज काठमाडौंसहित यी जिल्लाका नदीमा बाढीको जोखिम


1.8k
Shares

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले देशका केही साना तथा ठूला नदीमा आज पनि पानीको बहाव सामान्यदेखि उल्लेख्य बढ्ने अनुमान गरेको छ ।

आज ताप्लेजुङ, संखुवासभा, पाँचथर, झापा, मोरङ, सुनसरी, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, पाल्पा, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, बाजुरा, जाजरकोट, सल्यान, कालीकोट, डडेलधुरा, बझाङ, बाजुरा डोटी र दार्चुला भई बहने साना नदीमा बहाव बढ्ने अनुमान छ ।

माथिका ती नदीहरुमा उल्लेख्य बहाब बढ्ने भन्दै महाशाखाले बुलेटिनमार्फत नदी तटीय क्षेत्रमा उच्च सतर्कता उपनाउन आग्रह गरेको छ ।

त्यस्तै अबको तीन दिन कन्काई, कमला, वाग्मती पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तहभन्दा तलै रहने महाशाखाको पूर्वानुमान छ । त्यस्तै कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तलै रहने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्