Logo
Logo

अर्थमन्त्री र भारतीय विदेश सचिवबीच भेटवार्ता


630
Shares

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ । सचिव मिश्रीले सोमबार बिहान सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर मन्त्री पौडेलसँग भेटवार्ता गरेका हुन् ।

भेटमा उनीहरुबीच आर्थिक तथा विकास सहायता, चालू आयोजनाहरुको तीव्रता, दुई देशबीचको आपसी सम्बन्ध लगायतका विषयमा छलफल भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्