Logo
Logo

सुदूरपश्चिमका मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने


1k
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साउन ३० गते विश्वासको मत लिने भएका छन् । साउन २० गते मुख्यमन्त्री नियुक्त भएका शाहले बुधबार विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा सचिवालयलाई पत्र पठाएका हुन्

सरकारमा सहभागी भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थाअनुसार मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन्।

सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिनेगरी पत्र पठाएको र प्रदेश सभा सचिवालयले आवश्यक व्यवस्थापन गरिरहेका जानकारी दिए ।

शाह नेतृत्वको सरकारमा एमाले र नागरिक उन्मुक्ति पार्टी साझेदार रहेको छ । ५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका सात सांसद रहेका छन् ।

बहुमतका लागि २७ सांसद आवश्यक पर्ने सुदूरपश्चिममा एमाले र कांग्रेसकै सांसद संख्याले पनि बहुमत पुग्छ । त्यसैले नागरिक उन्मुक्तिको मत थपिदा दुई तिहाइ नजिक पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्