काठमाडौं । काभा महिला नेसन्स लिग च्याम्पियनसिपको रजत विजेता नेपाली महिला भलिबल र एपिएफ टोलीकी सदस्य निरुता ठगुन्ना पदोन्नति भएको छ।

शसस्त्र प्रहरी बलले निरुता सिपाहीबाट विशेष बढुवा गर्दै सहायक हवल्दार बनाएको संगठनले जनाएको छ । शसस्त्रले नेसन्स लिग च्याम्पियनसिपको टोलीमा रहेका निरुतासहित ३ खेलाडीलाई बुधवार नगद पुरुस्कारसहित सम्मान पनि गरेको छ । निरुता ५ वर्षअघि शसस्त्रमा आबद्ध भएका थिए ।
शसस्त्रका महानिरीक्षक राजु अर्यालले निरुता, सरस्वती चौधरी र कविता भट्टलाई पुरस्कृत गरेका हुन् । आइतवार भएको फाइनलमा नेपाली टोली भारतसँग ३२ ले पराजित भएको थियो।














