काठमाडौं, ९ माघ । २४ घण्टा यता लगातार परेको वर्षा र चिसोका कारण देशभर उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । मुस्ताङमा वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवासमेत प्रभावित भएको छ । जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेतेलगायत मुस्ताङका सबै क्षेत्रमा हिउँ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै पुर्वी पहाडी जिल्ला काठमाडौं आसपासका डाँडामा पनि हिमपात भएको छ । चन्द्रागिरी, कालिञ्चोक, चरिकोटा, टिस्टुङलगायतका स्थानमा हिमपात भएको छ । तस्बिरहरु राससबाट
हुम्लामा हिमपात सांस्कृतिक तथा पर्यटन पर्वद्धन युवा सञ्जालले सञ्चालनमा ल्याएको चिप्लेटी खेल्न आएका बिदेशी तथा आन्तरिक पर्यटक ।
पोरखे काँधमा हिउँको दृश्य सोमबार रातिदेखि लगातार रुपमा परेको हिमपातका कारण बाजुराको बडिमालिका नगरपालिका र बुढीनन्दा नगरपालिका बीचमा पर्ने पोरखे काँधमा देखिएको हिउको दृश्य ।
पोरखे काँधमा हिउँको दृश्य सोमबार रातिदेखि लगातार रुपमा परेको हिमपातका कारण बाजुराको बडिमालिका नगरपालिका र बुढीनन्दा नगरपालिका बीचमा पर्ने पोरखे काँधमा देखिएको हिउको दृश्य ।
जाजरकोट कुशेगाउँपालिका ५ पर्यटकीय क्षेत्र पाँचकाटियामा हिउँ परेपछि सेताम्य भएको छ ।
फोटो क्याप्सन ः जुम्लामा हिउँ परेपछि सिँचाइ नभएका ठाउँमा स्याउँका बिरुवा वारिपति हिउँ थुपार्दै कृषक । यहाँका स्याउ कृषकहरु बगैँचामा हिउँ पोखरी निर्माण गरेर हिउँ जम्मा गर्ने र पछि बिरुवामा सिँचाइ गर्ने गर्दछन् ।