Logo
Logo
साफ यु-२० च्याम्पियनसिप

बंगलादेशसँग श्रीलंका २-० ले पराजित, नेपाल सेमिफाइनलमा प्रवेश


1k
Shares

काठमाडौं । साफ यु-२० च्याम्पियनसिपमा बंगलादेशले श्रीलंकालाई २-० ले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा बंगलादेशले श्रीलंकालाई पराजित गरेसँगै नेपाल एक खेलअघि नै सेमिफाइनल प्रवेश गरेको छ ।

बंगलादेश टिम

नेपालले यसअघि समूह ए को पहिलो खेलमा श्रीलंकालाई १-० ले पराजित गरेको थियो । बंगलादेशले पनि श्रीलंकालाई हराएपछि दुवै टोलीले समूहको अन्तिम खेल अघि नै सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।

लगातार दुई हारपछि श्रीलंका भने समूह चरणबाटै बाहिरिएको छ । अब बिहीबार नेपाल र बंगलादेशबीचको खेलले समूह एको विजेताको टुङ्गो लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्