Logo
Logo
साफ यू-२० च्याम्पियनसिप

नेपाललाई सुरुवातमै दुई गोलको अग्रता


3.7k
Shares

काठमाडौं । साफ यू-२० च्याम्पियनसिपमा बंगलादेशविरुद्ध समूहको अन्तिम खेलमा नेपालले सुरुवातमै दुई गोलको अग्रता बनाएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेको खेलमा नेपालले २ मिनेटको अन्तरमा दुई गोल गरेको थियो । १७ औँ मिनेटमा समिर तामाङ र १९ औँ मिनेटमा निराजन धामीले गोल गरे । नेपालले पहिलो गोल बंगलादेशका गोलकिपरको गल्तीका कारण गरेको थियो ।

काउन्टर एट्याकमा आएको बलले गोलकिपरले समयमा क्लियर गर्न नसक्दा समिरले खोसेर डीबक्सभित्र पुर्या्उँदै गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्