Logo
Logo

बालबालिकाले सुनाए पुस्तक पठन अनुभूति


सूर्य बिसी

2.6k
Shares

दाङ । आजभोलि प्रायः दिनहुँ हुन्छन् साहित्यिक कार्यक्रम । पुस्तक विमोचन, स्रष्टा संवाद, पुस्तक समिक्षा, पुस्तक परिचर्चा आदि इत्यादि । यी जम्मै कार्यक्रम मुलतः प्रौढ पाठकका लागि आयोजित हुन्छन् । तर, शनिबार दाङको घोराहीमा भने फरक देखियो । जहाँ बाल पाठक मन्चमा आउँथे र पालैपालो आफुले पढेका पुस्तकमाथि आफ्ना अनुभूति राख्थे । र, तालीले हल गुञ्जायमान हुन्थ्यो ।

यस्तो अनौठो कार्यक्रमको आयोजना गरेको थियो, घोराही बाल क्लबले । कार्यक्रमको नाम थियो– पुस्तक पठन अनुभूति । जहाँ, कक्षा १ देखि १० सम्म अध्ययनरत एकदर्जन बढी बालबालिकाले आफ्ना पठन अनुभूति सुनाएका थिए । ‘बालबालिकाको क्षमता अभिबृद्धिका लागि आजको कार्यक्रम निकै महत्वपूर्ण रह्यो । यस्तो सुन्दर कार्यक्रम आयोजना गरेकोमा म घोराही बाल क्लवलाई धन्यवाद दिन्छु । बालबालिकाको पठन अनुभूति सुनेर मलाई अत्यन्त आनन्दको अनुभूति भयो’, कार्यक्रमका प्रमुख अतिथि एवं सर्वाेदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशिल गौतमले भने ।

साथै, यसखाले कार्यक्रमलाई निरन्तरता दिनपनि गौतमले आग्रह गरे । त्यस्तै, कवि यज्ञबहादुर डाँगीले बालबालिकाका सुन्दर अभिव्यक्ति र बोल्ने क्षमता देखेर आफु चकित परेको बताए । ‘पुस्तक पठन अनुभूतिले बालबालिकामा बोल्ने कलाको विकास हुने मात्रै नभइ आत्मविश्वाससमेत बढ्ने भएकाले यो कार्यक्रम आयोजना गरिएको हो’ लेखक एवं घोराही बाल क्लबका सल्लाहकार सूर्य बिसीले सुनाए ।

उक्त कार्यक्रममा अदिती केसी, लक्ष्मी श्रेष्ठ, अमिरन बुढाथोकी, रमिता सुनार, सिर्जना सुनार, अनामिका घर्ति मगर, सोम्या आचार्य, जेनिस आचार्य, मेधावी बुढाथोकी, संगिता परियार, वर्षा पुन लगायतले आफुले पढेका पुस्तक, पात्र, विषयवस्तु र पुस्तकले दिने शिक्षाबारे बताएका थिए । त्यस्तै कार्यक्रममा अभिभावकको समेत उल्लेख्य उपस्थिति थियो । घोराही बाल क्लवकी अध्यक्ष मेधावी बुढाथोकीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण भने नविन श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्