काठमाडौं । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि बिना जानकारी सम्पर्कविहीन भएका २० जना प्रहरीलाई कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।
प्रहरी प्रधान कार्यालय, कानुन शाखाले मंगलबार सूचना जारी गर्दै झन्डै तीन महिनादेखि आफूखुशी गैरहाजिर रहेका प्रहरी नायव निरीक्षक (सई)देखि प्रहरी जवानसम्म २० जनालाई सम्पर्कमा आउन भनेको हो ।
गैर हाजिर हुनेमा तीनजना सई, एक जना असई, दुईजना हबल्दार, दुईजना कार्यालय सहयोगी र बाँकी प्रहरी जवान रहेको सूचनामा उल्लेख छ ।
समयमै हाजीर भए सफाइको मौका दिइने र एक साताभित्र कार्यालयमा उपस्थित नभए ‘प्रहरी नियमावली २०७१ को नियम ११३ को उपनियम १ को खण्ड च’ अनुसार सेवाबाटै हटाउने समेत प्रहरी मुख्यालयले चेतावनी समेत दिएको छ ।