Logo
Logo

३० वर्षे सेवा अवधि विवाद : सर्वोच्चद्वारा अन्तरिम आदेश खारेज


5.4k
Shares

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली प्रहरीको ३० वर्षे सेवा अवधि विवादमा यसअघि जारी गरेको अन्तरिम आदेश खारेज गरेको छ ।

न्यायाधीश विनोद शर्मा र शारङ्गा सुवेदीको संयुक्त इजलासले सरकारको भ्याकेट निवेदनमा माग भए अनुसार गत बिहीबार न्यायाधीश फुँयालको एकल इजलासले गरेको अन्तरिम आदेश खारेज गरिदिएको हो ।

यो आदेश खारेजसँगै नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) विष्णुकुमार केसीसहित ८९ जना एकसाथ अवकाश हुने भएका छन् । प्रहरी ऐनमा तीन प्रावधानले अवकाश हुने व्यवस्था छ । ३० वर्षे सेवा अवधि, उमेर हद रकार्य अवधि मध्ये जुन पहिले आउँछ सोही व्यवस्था अनुसार अनिवार्य अवकाश दिने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्