Logo
Logo

बंगलादेशमा जे भयो, त्यो यहाँ हुँदैन : प्रधानमन्त्री


2k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कुनैपनि मुलुकको फोटोकपी मेसिन नभएकाले बंगलादेश वा श्रीलंकाको खतरा यहाँ नआउने बताएका छन् ।

गत १० भदौको प्रतिनिधि सभा बैठकमा नेकपा माओआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रीलंका वा बंगलादेशजस्तो अवस्था आउन सक्ने खतराबारे बोलेका थिए । त्यसको जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘नेपालको आफ्नै पहिचान, सभ्यता र संस्कृत छ । बंगलादेशमा जे भयो, त्यो यहाँ हुँदैन । हामीले लडेर ल्याएको लोकतन्त्र र संविधानलाई बल बनाउन हामी लागेका छौं । लोकतन्त्र विरुद्ध लड्नेहरुले हामीलाई तर्साउन सम्भव छैन ।’

शनिबार राजधानीमा क्याप्टेन रामेश्वर थापाको पुस्तक विमोचनमा बोल्दै ओलीले प्रचण्डलाई उल्टै चेतावनी दिए । उनले भने, ‘हामीलाई सिक भनेर चर्को स्वरमा बोल्नेहरुलाई म राम्ररी सिक भन्न चाहन्छु, नेपालमा अब बेथिति, अराजकता र हिंसाको राजनीति सम्भव छैन । सम्भव हुन दिइँदैन ।’

प्रधानमन्त्री ओलीले मुलुकमा हिंसात्मक गतिविधि चलेको बेला आफूले हिंसाको चर्को विरोध गरेको र राजनीतिक समाधानको पहल गरेको पनि बताए । उनले कुनैपनि गतिविधि वा अराजकतालाई कानूनी रुपमा रोक्ने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्