Logo
Logo

एन्फा महिला लिग आजदेखि, उद्घाटनमा कोशी प्रदेश र वालिङ नगरपालिका भिड्दै


252
Shares

काठमाडौं । आजदेखि अखिल नेपाल फुटबल सघ (एन्फा) महिला लिग सुरु हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे सुरु हुने उद्घाटन खेलमा कोशी प्रदेश र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ ।

लिगमा साबिक विजेता एपिएफ क्लबसहित विभागीय त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब तथा संकटा क्लब, बाग्मती युथ क्लब, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, र कर्णाली प्रदेश गरि १० टोलीको सहभागीता रहनेछ ।

दुई चरणमा हुने लिगको पहिलो चरण सिङ्गल राउन्ड रोबिनामा हुने हुनेछ । सिङ्गल राउन्ड रोबिनमा ४५ खेल हुनेछन् । सिङ्गल राउन्ड रोबिनमा शीर्ष पाँच स्थनमा रहने टोलीबिच पुनः डबल राउन्ड रोबिनका आधारमा सुपर लिग खेलाइने छ । सुपर लिगमा २० खेल हुनेछन् । सुपर लिगमा उत्कृष्ट चार टोलीबिच क्वालिफायर, इलिमिनेटर र फाइनल भएपछि महिला लिग विजेताको छिनोफानो हुनेछ ।

प्रतियोगिताको कुल लागत दुई करोड २४ लाख ६८ हजार रुपैयाँ रहेको छ । विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउने छन् । यसै गरी लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार प्रदान गरिने एन्फाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्