Logo
Logo

आज चारवटा संसदीय समितिको बैठक बस्दै


441
Shares

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार अर्थ समिति, शिक्षा, स्वास्थय तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संसदीय सुनुवाई समिति (संयुक्त)को बैठक बस्ने भएको हो ।

अर्थ समितिको बैठक बिहान ९ बजे बस्दैछ । बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ । संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

त्यस्तै बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयकबारे उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्