Logo
Logo

गण्डकीमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो, सरकार विस्तार मंगलबार


1.4k
Shares

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । कांग्रेस र एमालेबीच मन्त्रालय भागवण्डामा सहमति भएसँगै उनले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् ।

कांग्रेस प्रदेश सभाका सदस्य महेश भट्टराईले मुख्यमन्त्री पाण्डेले मंगलबार मन्त्री नियुक्त गरी शपथग्रहण गराउने तयारी गरेको जानकारी दिए । सात मन्त्रालय रहेको गण्डकीमा मन्त्रालय फुटाएर ९ पुर्याउने सहमति यसअघि नै भएको थियो ।

सहमतिअनुसार अब ९ मध्ये कांग्रेसले मुख्यमन्त्रीसहित पाँच र एमालेले चार मन्त्रालय पाउनेछ । एमालेले भौतिक, पूर्वधार तथा यातायात, कृषि पर्यटन, वन र स्वास्थ्य मन्त्रालय लिने भएको छ ।

यता कांग्रेसको भागमा परेको मन्त्रालयमा मख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिने नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह लिएर निर्वाचित नेसपाका फणिन्द्र देवकोटा र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङलाईसमेत समेटेर सरकार पुनःगठन गर्ने तयारी गरेका छन् ।

यसअघि एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री हुँदा मन्त्रालय सङ्ख्या १२ बाट घटाएर सातमा पुर्याइएको थियो । अहिले दलहरुबीच मन्त्रालयको बाँडफाँट मिलाउन फेरि मन्त्रालय थप्ने सहमित भएको हो ।

मन्त्रालयको सङ्ख्या र बाँडफाँडमा सहमति नजुट्दा सङ्घीय सरकार बनेको दुई महिना बित्न लाग्दासमेत गण्डकीमा नयाँ समीकरण अनुसारको सरकार बन्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्