Logo
Logo

अस्पतालको तेस्रो तलाबाट हाम्फालेकी महिलाको मृत्यु


315
Shares

काठमाडौं । ललितपुर महानगरपालिका–२८ स्थित हरिसिद्धीमा रहेको क्यान्सर अस्पतालको तेस्रो तलाबाट हामफालेकी महिलाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर ८ की ६४ वर्षीया पुनमाया तामाङ शनिबार अस्पतालको ए ब्लकको तेस्रो तलाबाट हामफाल्दा गम्भीर घाइते भएकी थिइन् । उनको उपचारको क्रममा आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनलाई उक्त क्यान्सर अस्पतालकै आइसियुमा राखेर उपचार गराइरहेकामा आज बिहान मृत्यु भएको चिकित्सकलाई उद्धृत गर्दै जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्