काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नबन्न आग्रह गरेका छन् ।
आइतबार पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले देउवालाई प्रधानमन्त्री नबन्न र त्याग गर्न आग्रह गरेका हुन् । प्रतिनिधिसभामा कांग्रेसबाटै एक से एक अग्रज नेता रहेको भन्दै शर्माले उनीहरुमध्ये कसैलाई प्रधानमन्त्री बनाउनुपर्ने बताए ।

महामन्त्री शर्माले भने, ‘उहाँहरु मध्ये कसैलाई पनि हामीले प्रधानमन्त्री बनायौं भने सभापतिको त्याग देखिन्छ । उहाँको समकालीन कोही नेतालाई न्याय र कदर हुन्छ । तब ०८४ पछि हामी नयाँ अनुहारमा पुग्नेछौं ।’
उनले डा.शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, डा शशांक कोइराला र अर्जुननरसिंह केसीमध्ये एकलाई प्रधानमन्त्री बनाउन देउवालाई सुझाव दिए ।
त्यस्तै उनले आफूले ल्याएको एक्जिट पोलीसी परिमार्जन हुने बताएका छन् । उनले एक्जटि पोलीसीको विषय संविधान संसोधनको समयमा बहस गर्ने सहमति भएको बताए ।














