Logo
Logo

मन्त्रालय परिवर्तन भएपछि राजीनामा दिने दीपक मनाङेको चेतावनी


7.4k
Shares

काठमाडौँ । मन्त्रालय परिवर्तन भएपछि गण्डकीका मन्त्री दीपक मनाङेले राजीनामा दिने चेतावनी दिएका छन् । यसअघि मनाङेले सम्हालेको भौतिक मन्त्रालय नयाँ समीकरणपछि एमालेको भागमा परेको थियो ।

त्यसपछि मनाङेलाई वन तथा वातावरण मन्त्रालय छुट्टाइएको थियो । त्यसमा असन्तुष्टि जनाउँदै मनाङे सोमबार मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रममा गए पनि कार्यभार सम्हाल्न नगएका हुन् ।

मन्त्री मनाङेले वन मन्त्रालय नस्विकार्ने बताएका छन् । उनले कुरा नमिले राजीनामा दिने बताएका छन् । कम प्रभाव भएको मन्त्रालय दिएको र वरीयता पनि घटाइएको भन्दै मनाङेले असन्तुष्टि जनाउँदै राजीनामा दिने बताएका हुन् । उनलाई छैठौं वरीयतामा राखिएको छ । यसअघि ५ जनामन्त्री हुँदा उनी तेस्रो नम्बर वरीयतामा थिए ।

प्रतिक्रिया दिनुहोस्