Logo
Logo

एकाबिहानै सिन्धुपाल्चोकमा भूकम्प गयो


819
Shares

काठमाडौं । आज बिहानै सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको छ । सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर आज बिहान ६ः ११ मिनेट जाँदा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिए ।

यो भूकम्पको धक्का काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा समेत महशुस गरिएको छ । भूकम्पविद अधिकारीका अनुसार यो ०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पकै परकम्प हो ।

प्रतिक्रिया दिनुहोस्