
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का नवनिर्वाचित पदाधिकारीलाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत् नवनिर्वाचित टिमलाई आगामी कार्यकाल सफलताको शुभकामना दिएका हुन् ।
‘अध्यक्ष सागर पाण्डेलगायत टानमा निर्वाचित साथीहरूलाई हार्दिक बधाई छ । तपाईँहरूको अथक मेहेनेत र जुझारु एकताले अप्राकृतिक र असंवैधानिक गठबन्धनलाई दरो जवाफ भएको छ। हार्दिक शुभकामना व्यक्त गर्दछु,’ उनले भनेका छन् । मङ्गलवार बिहान सार्वजनिक मतपरिणाम अनुसार टानको अध्यक्षमा विजयी पाण्डे माओवादी केन्द्र निकट हुन् ।














