Logo
Logo

एमालेका प्रदेश अध्यक्षहरूको एक तह घटुवा कार्यन्वयन


2.3k
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका प्रदेश अध्यक्षहरूको एक तह घटुवा कार्यान्वयनमा आएको छ । आजबाट सुरु भएको पोलिटब्युरो बैठकमा प्रदेश अध्यक्षहरूलाई नबोलाएसँगै प्रदेश अध्यक्षहरूको एक तह घटुवा कार्यान्वयनमा आएको हो ।

यसअघि साउन २२ गते जारी अन्तरपार्टी निर्देशिका–१० मा प्रदेश अध्यक्षहरूको पदीय हैसियत पदेन केन्द्रीय सदस्य मात्र उल्लेख गरिएको छ । त्यसअघि प्रदेश अध्यक्षहरू पदेन पोलिटब्युरो सदस्य हुने व्यवस्था थियो ।

केन्द्रीय सदस्यहरू नै प्रदेश अध्यक्ष बन्न तल झरेपछि सो व्यवस्था हटाइएको एमालेले जनाएको छ । केहि बेरअघिबाट सुरु भएको बैठकले भदौ १३ गतेको सचिवालय बैठकमा प्रस्तुत गरिएको पार्टीको वार्षिक कार्य योजनाको मस्यौदालाई सुझावसहित अन्तिम रूप दिने छ ।

सरकारको समीक्षा गर्नुका साथै पछिल्ला समसामयिक विषयमा बैठकमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्