Logo
Logo

सञ्चारमन्त्रीको ‘जिब्रो थुत्ने’ अभिव्यक्तिमा माओवादीले उठायो प्रश्न


378
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरामा दिएको अभिव्यक्तिको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन् ।

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकमीहरूसँग पौडेलले सरकारका प्रवक्ताले ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिनु गलत भए बताए । प्रधानमन्त्रीले सम्बन्धित पक्षलाई बोलाएर छानबिन गरेर जवाफ दिनुपर्ने उनको भनाइ छ ।

सञ्चारमन्त्रीलाई प्रधानमन्त्रीले सोधे– ‘जिब्रो थुत्नुपर्ने’ कुन प्रसंगमा भन्नुभएको हो ? सांसदसमेत रहेका पौडेलले असभ्यतर्फ समाजलाई लैजाने क्रियाकलापले सुखी नेपाली, समृद्ध नेपालको नारा नारामै सीमित हुने बताए ।
यस्ता प्रकारका उटपट्याङ कामहरू गरेर के गर्न खोज्दै हुनुहुन्छ ?’ उनले प्रश्न गरे ।

अर्को प्रसंगमा पौडेलले गण्डकी प्रदेशमा ‘मन्त्रीको पद नै बिक्रीमा राखिएकोबारे आएका विषयमा कांग्रेस र एमाले मुछिएकाले स्पष्ट पार्नुपर्ने बताए । पदको किनबेचजस्तो मजाक जनताकोबीचमा गर्न नपाइने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्