Logo
Logo

शेरधन राईले गरे प्रकाश तामाङ्गलाई १ लाख सहयोग


945
Shares

काठमाडौं । कोशी प्रदेशका पूर्वमख्यमन्त्री शेरधन राईले आफ्नो गृहजिल्लाका प्रकाश तामाङ्ग ‘काले’ लाई १ लाख रुपैयाँ सहयोग गरेका छन् ।

राईले ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ मार्फत् ३५ वर्षपछि परिवार भेटेका प्रकाशलाई भेटेर आज प्रकाशलाई भेटेर सहयोग गरेका हुन् । प्रकाशको मागबमोजिम एक हल गोरु, एउटा हाते ट्याक्टर र गरी खाने जग्गाको लागि आवश्यक ठाउँमा पहल गर्ने राईले प्रतिवद्धता जनाएका छन् ।

भोजपुर षडानन्द नगरपालिका-१० छाप्लेगाउँ (साम्पाङ) का प्रकाशले नागरिकता लिएसँगै उनलाई सहयोग आउन थालेको छ । उनलाई घरजग्गासँगै गरीखाने बन्दोबस्तीका लागि सहयोग जुट्न थालेको हो ।

यसअघि भोजपुरका सांसद सुदन किराँतीले पनि माओवादीको तर्फबाट श्रमदान गरेर एउटा घर, एउटा शौचालय, केही लत्ता-कपडा र ६ महिना खाने (गाँस, बास र कपास ) मा सहयो गर्ने घोषणा गरेका थिए ।

नागरिकता बनाएर प्रधानमन्त्री केपी ओलीलाई भेट्न काठमाडौं आएका प्रकाश आज घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्