Logo
Logo

माछा मार्न गएका दुई युवा राप्तीमा बेपता


315
Shares

चितवन । पश्चिम चितवनको भरतपुर महानगरपालिका–२७ धरमपुर जमुनाघाटबाट राप्ती नदीमा दुई युवा बेपत्ता भएका छन् । शुक्रबार माछा मार्न गएका उनीहरु बेपता भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पर्साढापका सई प्रमोद यादवका अनुसार नदीमा बेपत्ता हुनेमा भरतपुर–२५ का ४३ वर्षीय सञ्जीव चौधरी र भरतपुर–२७ का ४५ वर्षीय सुकबहादुर परियार रहेका छन् । उनीहरुसँग माछा मार्न गएका सोही ठाँउका रोहितकुमार चौधरी भने पौडेर बाँच्न सफल भएका छन् ।

शुक्रवार दिउँसो २ बजेदेखि बेपत्ता भएका युवाहरुको खोजी गरिएपनि हालसम्म भेटिएका छैनन् । शनिबार बिहान ६ बजेदेखि नै निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणका सेनाको १५ जनाको टोली डुंगामा बसेर खोजी थालेको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा पर्ने राप्ती नदीमा लाइसेन्स प्राप्त व्यक्तिलेमात्रै माछा मार्न पाउँछन् । तर, उनीहरू लाइन्सेस प्राप्त व्यक्तिहरू नभएको प्रहरीले जनाएको छ । उनीहरू अनाधिकृतरुपमा तीजको मौका छोपेर नदीमा पसेको यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्