Logo
Logo

सुन्दरीजलमा युवतीको हत्या आरोपमा दुई जना पक्राउ


693
Shares

काठमाडौं । गोकर्णेश्वरस्थित सुन्दरीजलमा एक महिलाको हत्या आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलस्थित खोलाको चेपमा गत बिहीबार एक महिलाको शव भेटिएको थियो ।

उक्त महिलाको हत्या आरोपमा सर्लाहीका ४० वर्षीया रामविनय महरा र २४ वर्षीया सन्तोष राम महरालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मजदुरी गरेर गुजारा चलाउँदै आएकी ती महिलाको हत्यामा संलग्नहरुलाई प्राविधिक पक्ष र मानवीय सूचनाहरुको विश्लेषण गरेर अनुसन्धान गर्दै जाँदा शनिबार बसुन्धारा क्षेत्रबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

प्रारम्भिक जाँचका क्रममा हत्याको कारण प्रेम सम्बन्ध हुनसक्ने आशंका गरिएको एसपी नवराज अधिकारीले बताए । उनी सिरहाको बताइएपनि हालसम्म उनको परिवार तथा आफन्त सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्