Logo
Logo

साथीको सहयोगमा सुन्दरीजल पुर्‍याएर प्रेमिकाको हत्या


2.6k
Shares

काठमाडौं । गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलमा मृत फेला परेकी युवतीको हत्या भएको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हत्या भएकी महिला सिरहा घर भई काठमाडौंको बसुन्धारा बस्दै आएकी राम दुलारी रहेकी छन् । प्रहरीका अनुसार प्रेमी रामविनय महराले प्रेमिका दुलारीको हत्या गरेको पाइएको छ ।

हत्या आरोपमा सर्लाही चक्रघट्टा गाउँपालिका–३ का ४० वर्षीय महरा र बसगरिया गाउँपालिका–५ घर भएका २४ वर्षीय सन्तोष राम पक्राउ परेका छन् ।

प्रहरीका अनुसार प्रेमी रामविनय जुत्ता सिलाउने काम गर्थे भने प्रेमिका राम दुलारी ज्याला मजदुरीको काम गर्थिन् । उनीहरु करिब दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए । तर आपसी असमझदारीका कारण उनीहरुबीच पटक–पटक झगडा हुने गरेको थियो ।

त्यसपछि सन्तोषसँग मिलेर रामविनयले हत्याको योजना बनाएको पाइएको काठमाडौं प्रहरी परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । योजनाअनुसार नै रामविनयले प्रेमिका राम दुलारीलाई घुम्न भनेर सुन्दरीजल लगेका थिए । त्यसपछि सन्तोषको सहयोगमा रामदुलारीको हत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्