Logo
Logo

उपचारका लागि वर्षमान पुन चीन प्रस्थान


1.4k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन नियमित स्वास्थ्य जाँचका लागि चीन प्रस्थान गरेका छन् ।

फाइल तस्बिर

पत्नी ओनसरी घर्तीमगरसहित पुन दिउँसो १२ बजे चीन प्रस्थान गरेका हुन् । एअर चाइनाको उडान नम्बर ४३८ मार्फत उपमहासचिव पुन चीन उडेका छन् ।

पुन निकट एक नेताले भने, ‘नियमित फलोअपका लागि जानुभएको हो । २५ गते फर्कनु हुन्छ ।’ वंशाणुगत जण्डिसको समस्या देखिएका उपमहासचिव पुनले यसअघि पनि चीनमा उपचार गराउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्