Logo
Logo

छलफलका लागि प्रधानमन्त्रीले देउवालाई डाके


10.2k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका सभापति शेरबहादुर देउवालाई छलफलका लागि बालुवाटारमा डाकेका छन् ।

स्रोतका अनुसार कोशीमा मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न ओलीले देउवालाई बालुवाटार बोलाएका हुन् । ‘भेटघाट भएपछि कोशीको बारेमा मात्रै कुरा हुँदैन । अरु अरु विषयमा पनि कुरा आइहाल्छ ।’ बालुवाटार स्रोतले भन्यो ।

छलफलमा गृहमन्त्री रमेश लेखक पनि बोलाइएको छ । कांग्रेसले आफ्नो तर्फबाट मन्त्री हुनेहरुको सूची मुख्यमन्त्री हिक्मत कार्कीलाई दिन नसक्दा कोशीमा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । कांग्रेसको भागमा चार मन्त्री परेका छन् ।

पार्टीभित्रका समूहको भागवण्डा मिलाउन नसक्दा कांग्रेसले सूची बुझाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्