Logo
Logo

श्रीमतीको हत्या आरोपमा धापाखेलबाट एक युवक पक्राउ


441
Shares

काठमाडौं । श्रीमतीको हत्या गरेको आरोपमा ललितपुरको धापाखेलबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा श्रीमान ३३ वर्षीय भक्तिराज राई रहेको ललितपुर प्रहरी परिसरका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

यही भदौ १२ गते राति खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका ७ घर भइ ललितपुर महानगरपलिका– २४ धापाखेल नखुडोल बस्दै आएकी ३५ वर्षीया शशिकला राई आफ्नै बेडमा मृत फेला परेकी थिइन् ।

घटनाको सम्बन्धमा सुक्ष्म अनुसन्धान गर्दै जाँदा श्रीमान भक्तिराजले शशिकलाको हत्या गरेको खुलेको हो । पत्नी हत्या अभियोगमा भक्तिराजलाई पक्राउ गरि कर्तव्य ज्यान सम्बन्धी कसुरमा कारबाही अघि बढाइएको एसपी सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्