Logo
Logo

संवैधानिक परिषद्‍मा बहुमत पुर्याउन उपसभामुख हटाउन खोजियो : रास्वपा


630
Shares

काठमाडौैं । उपसभुखबाट इन्दिरा रानालाई पदबाट हटाउन खोजेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आपत्ति जनाएको छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले संवैधानिक परिषदमा सत्तापक्षको बहुमत पुर्याउने नाममा उपसभामुख हटाउने विषय मान्य नहुने भन्दै आपत्ति जनाए ।

‘आज सम्मानित पदलाई परिषदलाई आफ्नो बहुमत पुग्दैन भन्ने नाममा लोकतन्त्रका लागि लडेका र आफूलाई लोकतन्त्रको मसिहा भन्ने पार्टीहरु गुपचुप सल्लाह गरेर उपसभामुखलाई पदबाट हटाउने जुन कर्म गर्ने तयारी गर्दै हुनुहुन्छ,’ उनले भने, ‘स्मरण रहोस् राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा पद गुमाउला तर लोकतन्त्रका लागि सधैं लड्नेछ, जनताको पक्षमा लड्नेछ ।’

सोमबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखले पद अनुकुलको आचरण नगरेको भन्दै उनलाई पदबाट हटाउने प्रस्ताव गरेका थिए । सत्ता पक्षले रास्वपाबाट उपसभामुख बनेकी रानालाई पदबाट हटाउने तयारी गरेपयिछ रास्वपाले आपत्ति जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्