
काठमाडौं । नेकपा एमालेले उपसभामुख इन्दिरा रानाको राजीनामा माग गरेको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद सूर्य प्रसाद ढकालले सदनभित्र र सदन बाहिर उपसभामुखको विषय उठेकाले राजीनामा दिनुपर्ने माग गरे ।
‘नैतिकताको कुरा उठेको छ । पदीय मर्यादा र मानव तस्करीको कुरा उठेको छ । उपसभामुखले राजीनामा दिन माग गर्दछु,’ उनले भने ।














