Logo
Logo

केही सिडिओहरूको सरुवा, काठमाडौंमा जयनारायण


2.9k
Shares

काठमाडौं । काठमाडौंलगायत केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा भएको छ । गृह मन्त्रालयले मङ्गलवार राति रिक्त रहेका जिल्ला काठमाडौंसहित प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो ।

गृहले काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा कारागार व्यवस्था विभागका महानिर्देशक जयनारायण आचार्यलाई पठाएको छ भने त्यहाँका प्रजिअ जितेन्द्र बस्नेतलाई मन्त्रालय ल्याएको छ ।

अध्यागमन कार्यालय भैरहवाका प्रमुख अध्यागमन अधिकृत किरण थापा सिन्धुपाल्चोक, मन्त्रालयका सहसचिव लीला प्रसाद शर्मा सिन्धुली, गृहकै उपसचिव रमा आचार्य सुवेदीलाई प्युठानको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

प्युठानका सिडिओ नारायण प्रसाद अर्याललाई मन्त्रालयमा ल्याइएको छ । इलाका प्रशासन कार्यालय चन्द्रौटा कपिलवस्तुका बाबुलाल अर्याललाई अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यालाई इलाका प्रशासन कार्यालय चन्द्रौटाको उपसचिवमा सरुवा गरिएको छ ।

यसैगरी गृह मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव टोक राज पाण्डेलाई मन्त्रालयमा सरुवा गरिएको छ । तर, उनको जिम्मेवारी तोक्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्