Logo
Logo

संविधान सभा अध्यक्ष नेम्वाङको पहिलो स्मृति दिवस आज


315
Shares

काठमाडौं । संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहिलो स्मृति दिवस आज विभिन्न कार्यक्रम गरि मनाइँदैछ । तत्कालीन नेकपा एमालेका उपाध्यक्ष, प्रतिनिधि सभा सदस्य समेत रहेका नेम्वाङको २०८० साल भदौ २६ गते ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको थियो ।

उनको पहिलो स्मृति दिवसमा नेकपा एमालेले पार्टी कार्यालयमा स्मृति सभाको आयोजना गर्ने भएको छ । प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनी बिनाका एक वर्षमा उनलाई सम्झना गर्ने कयौं क्षण आएको बताएका छन् ।

ओलीले भनेका छन्, ‘आज एक वर्ष बितिसकेछ, संविधानसभा अध्यक्ष, मेरा मित्र सुवास नेम्वाङको निधनले पीडा दिएको थियो। सुवासजी बिनाका एक वर्षमा उहाँलाई मिस गर्ने कयौं क्षणहरु आए। आज उहाँको प्रथम स्मृति दिवस, हार्दिक श्रद्धा सुवासजी ।’

प्रतिक्रिया दिनुहोस्