Logo
Logo

संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायाधीश सिफारिसबारे छलफल हुने


882
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । संवैधानिक परिषद्को अध्यक्ष समेत रहेका उनले आज (बुधबार) साँझ ५ बजे सिंहदरबारमा बस्नेगरि बैठक बोलाका हुन् ।

नयाँ प्रधानन्यायाधीश सिफारिसको विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक डाकिएको बताइएको छ । हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ आगामी असोज २० गतेबाट अवकाशमा जाँदैछन् ।

संविधानमा बहालवाला प्रधानन्यायाधीश अवकाश हुनुभन्दा एक महिनाअघि नै भावी प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार न्याय परिषद्ले यही भदौ २० गते नै ८ न्यायाधीशको नाम परिषद्मा पठाएको थियो ।

उक्त सूचीमाथि छलफल गर्न आज बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । न्यायपरिषद्ले सिफारिस गरेका ८ जना मध्येबाट एकजनालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गर्नुपर्ने हुन्छ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्